निर्माण-निर्देशनमा डेब्यू गर्दै प्रकाश सपुत, आज नाम घोषणा गर्दै


परदेशी- २ बाट नेपाली रजतपटमा डेब्यू गरेका गायक प्रकाश सपुतले सिनेमा निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन् ।

आइतबार एक कार्यक्रमकाबिच सिनेमाको टाइटल भिडियो मार्फत यसको घोषणा गर्दैछन्।

आफ्नो फेसबुकमार्फत उनले यसको जानकारी दिएका हुन्।

प्रकाशको पोस्ट अनुसार यो सिनेमामा उनको लेखन,संगित, निर्माण, निर्देशन तथा अभिनय रहनेछ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई तथा नेन्सी शेरचन कार्यकारी निर्माता रहनेछन्।

फेसबुक पोस्टमा उनले डेब्यू सिनेमा ‘परदेशी-२’मा एउटा कलाकारको रुपमा चलचित्रको अनुभव र दर्शकहरुको विश्वास जित्ने मौका पाएको बताउँदै सिनेमा निर्माण र निर्देशनमा पनि साथ पाउने आशा व्यक्त गरेका छन्,

‘लौ है यो अर्को सपना पनि पुरा गर्न आटियो ! सर्वप्रथम त सपनाको यो हद सम्म पुग्ने आट, माया, साथ र शुभेच्छा दिनुभएको मा तपाईहरु सप्पै- सप्पै लाई धन्यवाद ।’ उनले लेखेका छन्।

May be an image of text that says 'गलबन्दी प्रोडक्सनको प्रस्तुति प्रकाश सपुतको पहिलो चलचित्र R OGALBANDI GALBANDI productionPJu PJltd. TITLE ANNOUNCE MENT VIDEO कार्यकारी निर्माता मोहन विश्वकर्मा अनुरोध भह्टराई नेन्सि शेरचन प्रदर्शन मिति २३ बैशाख ನంತ్ दिउसो २:२२ बजे You Tube /prakashsaput कथा/ कथा/संगीत/निर्देशन संगीत निर्देशन प्रकाश सपुत मुख्य सह- सह-निर्देशन सुनिल वि.क'