‘खजुरे ब्रो’मा सहकारी काण्ड


काठमाडौँ। प्रर्दशनको संघारमा रहेको सिनेमा ‘खजुरे ब्रो’ले सहकारी ठगीको विषयलाई उठाएको बताइएको छ । वैशाख २८ देखि फिल्म देशभर एक साथ ‘सोलो रिलज’ हुँदैछ ।

बिहीबार पोखरामा फिल्मबारे जानकारी दिन आयोजिक पत्रकार सम्मलेनमा फिल्मले सहकारी ठगीको विषयलाई उठाएको अभिनेता मशेह त्रिपाठीले बताए । उनका अनुसार समाजका घटनालाई कमेडी जनरामा प्रस्तुत गरिएको छ ।

प्रचारप्रसारका क्रममा फिल्म युनिटले चितवन,बुटवल र पोखरामा पत्रकार भेटघाट सम्पन्न गरेको छ । चलचित्रको प्रदर्शन मिति नजिक आउंदै गर्दा चलचित्र प्रति दर्शकको चासो पनि बढ्न थालेको छ।  धरानका ‘खजुरे ब्रो’ को चरित्र फिल्ममा सापट लिएको निर्माता नविन मानन्धरले बताए । ‘उनकै नाम र चरित्रलाई जोडिएको छ । केही उनका वास्तविक घटना पनि उल्लेख गरिएको छ,’ उनले भने ।

काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीमा फिल्मको छायांकन भएको हो । २९ दिनमा फिल्मको छायांकन सकेको निर्माण पक्षले जनाएको छ ।

रेअर राइ र नीति शाह मुख्य भूमिकामा रहेको फिल्ममा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ । फिल्मको निर्देशक सुरज सुनुवार हुन् ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो ।

नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।

रोहित रत्नको आरआर फिल्मस्ले फिल्म वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।