‘फेस अफ नेपाल २०२४’ हुने


काठमाडौँ । मोडल हन्ट ‘फेस अफ नेपाल’ यस बर्षपनि आयोजना हुने भएको छ । प्रतियोगीतामा पुरुष र महिला सहभागी हुन सक्नेछन् । आइतबार काठमाडौंको शंकर होटलमा आयोजीत कार्यक्रममा ‘फेस अफ नेपाल २०२४’ को आवेदन खुल्ला गरिएको जानकारी गराइयो । सन् २०१६ देखी नेपालमा आयोजना हुँदै आएको यस प्रतियोगीताको नेपालका लागी यसबर्षबाट आयोजक परिवर्तन भएको छ । अब एम.एस. प्रोडक्सन नेपालले यो प्रतियोगीता आयोजना गर्दैछ । आयोजक संस्थाकी नेशनल डिरेक्टर मेनुका माझीले आफ्नो संस्थाले यसबर्षदेखी ‘फेस अफ नेपाल’को जिम्मा लिएको जानकारी दिइन् ।

माझीका अनुसार प्रतियोगीतामा १८ देखी ३० बर्ष उमेरका पुरुष र महिला सहभागी हुन सक्नेछन् । पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्ने बताइएको छ । यो दक्षिण कोरियामा हुँदै आएको मोडल हन्ट हो जुन नेपालले फ्रेन्चाइज लिएको हो । कोरियामा २७ भन्दा बढी देशले भाग लिने गरेको छ ।

‘फेस अफ नेपाल २०२४’ का लागी यहि बैशाख १७ गतेदेखी सहभागी हुन चाहनेले आवेदन दिन सक्नेछन् । यसका लागी सात वटै प्रदेशमा अडिसन गर्ने तयारी भइरहेको छ । छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी १५ दिनको तालिम दिइनेछ । जसमा देशका ख्याती प्राप्त प्रशिक्षकहरुद्धारा तालिम दिइनेछ ।

सहभागीहुनेहरु मध्ये आगामी जुलाईमा हुने फिनालेमा जज्हरुको मुल्यांकन र भोटिङबाट तीनजना बिजेता घोषणा हुनेछन् । र तीन बिजेताहरु साउथ कोरियामा नोभेम्बरमा भाग लिन जानेछन् ।

फेस अफ नेपाल २०२४ मा स्मिथ तामाङले कोरियाग्राफी गर्नेछन् भने रुपेश थापा फोटोग्राफरको रुपमा छन् ।