साता दिन सर्‍यो दयाको ‘गाउँ आएको बाटो’, जेठ २५ मा रिलिज हुने


‘गाउँ आएको बाटो’ सिनेमा आफ्नो पूर्व निर्धारित रिलिज मिति परिवर्तन गरेको छ।

यसअघि अब जेठ १८ मा रिलिज हुने घोषणा गरिएको नविन सुबबा निर्देशित सिनेमामा अब जेठ २५ गते रिलिज हुने भएको छ।

सिनेमाको रिलिज मिति हेरफेर भएको जानकारी काठमाडौं वितरक प्रचण्डमान श्रेष्ठले दिएका हुन्।

यो मितिमा साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर ‘लण्डन टू पेरिस’समेत रिलिज हुँदैछ।

यसैगरी सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ।  सेभेन सीज इन्टरटेन्मेन्टले सिनेमाको प्रदर्शन अधिकार खरिद गरेको हो ।

शनिबार अन्तर्राष्ट्रिय प्रदर्शनको सम्झौतामा हस्ताक्षर भएको हो ।

सिनेमाले दुर्गम गाउँमा सडक र गाडी पुगेपछि त्यहाँको एक परिवारमा आउने परिवर्तनको कथा पेस गर्छ।

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रशान राई मुख्य भूमिकामा छन् । यस्तै सिनेमामा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको छ।

सिनेमा निर्देशक सुब्बा र महेश राईले संयूक्तरुपमा लेखेको सिनेमाका छायाँकार मार्किन कापरोन हुन्।

अमोद राई तथा निर्देशक सुब्बाले निर्माण गरेको यो सिनेमामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्माता हुन् ।

अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत रुचाइएको सिनेमा टोरोन्टो, गोटेबर्ग, बुसान, पुणे, बेइजिङ जस्ता फेस्टिभलमा छनोट भएर प्रदर्शन भइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.