नामै हेट स्टोरी भित्र कस्तो होला (भिडियो)


फिल्म मनोरञ्जनका लागि बनाइने गरिन्छ। मनोरंजन संगै फिल्ममा अश्लिलता पनि भित्रि रहेको बेला बेलामा चर्चा चल्ने गर्दछ महेश भट्ट क्याम्पको बलिउड फिल्म ‘राज’, ‘मर्डर’ र ‘जिस्म’ जस्तै प्रदर्शन हुन लागेको फिल्म ‘हेट स्टोरी २’ ले पनि अश्लीलताको साहारा लिएर मनोरञ्जन गराउने उदेश्यका साथ दुईवटा ट्रेलर हालै सार्वजनिक गरेको छ। जुन ट्रेलर एउटा थिएटरका लागि अर्को युट्युबका लागि बनाइएको छ।
Hate-story-2
विशाल पण्डयाद्वारा निर्देशित फिल्मले सेन्सरको सम्भावित झमेलालाई मध्यनजर राख्दै थिएटरका लागि कम बोल्ड किसिमको ट्रेलर बनाएको छ तर युट्युवको ट्रेलर बोल्ड मात्र होइन, बिन्दासै किसिमको छ। सुरवीन चावला र जय भानुशाली अभिनित फिल्मको ट्रेलर युट्युबमा दिनानुदिन हिट बन्दै गएको छ। ६ दिन अघि रिलिज ट्रेलर हेर्ने दर्शक संख्या ६० लाख नाघिसकेको छ। ‘हेट स्टोरी २’ को बोल्ड कन्टेन्टसँगै फिल्मको गीतले पनि दर्शकलाई तानिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.