अगस्ट १ मै भ्यालेन्टाइन


सेलिब्रेटी नेपाल काठमाडौँ
आफ्नो प्रदर्शन मिति दुइ बर्ष अघि देखि सार्दै आइ रहेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ साउने झरीमा रिलिज हुने भएको छ । झरीको मुख्य मौसम मानिने साउन महिनाको १६ गते यो चलचित्र रिलिज हुने छ । निर्माता सुशिल श्रेष्ठले निर्माण गरेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ लाई लेखन तथा निर्देशन सुरज सुब्बा ‘नाल्बो’ ले गरेका हुन् ।
Mero-valentine
चलचित्रमा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकालको अभिनय रहेको छ। प्रेमकथामा लाई आधार मानेर निर्माण गरिएको चलचित्रमालाई शम्भु सापकोटाको खिचेका हुन् भने बनिश शाहले सम्पादन गरेका छन्। सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको चलचित्रले कत्तिको दर्शकको मन छुने हो त्यो भने साउन १६ पछि नै थाहा हुने छ।