विपिनलाई लिएर ‘पहाड’ निर्देशन गर्दै तुलसी


विगत  ७ वर्ष यता कुनै सिनेमा निर्देशन नगरेका तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’ निर्देशन गर्ने भएका छन्।

आफ्नो सबैभन्दा सफल सिनेमा ‘दर्पण छायाँ’को सिक्वल असफल भएपछि उनले कुनै निर्देशन गरेका थिएनन्।

विपिन कार्कीलाई प्रमुख अभिनय रहने सिनेमामा दशैंपछि फ्लोरमा जानेछ।

कार्कीले तुलसीको यो सिनेमामा अभिनय पक्का भएपनि घिमिरे र कार्कीबीच औपचारिक सम्झौता भने हुन बाँकी छ।

सिनेमाले मानवविहीन बन्दै गएको पहाडी भूगोलको कथा पेस गर्नेछ।  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पनि यो सिनेमामा अभिनयको प्रस्ताव राखिएको छ ।

‘पहाड’पछि पनि लगातार सिनेमा बनाउने योजनाा तुलसीको छ।