सायद हिरो पुन्टे एक्जाममा फेल भए पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
‘शायद’ हिरो संयम अभिनित दोस्रो चलचित्र ‘पुन्टे परेड’ साउन २ गते बाट प्रदर्शनमा आउने भएको छ । एसएलसी पास गरेर कलेज पढन गएको टिन एजर्सको कथा देखाइएको ‘पुन्टे परेड’ मा संयमले यस उमेरका युवाको प्रतिनिधित्व गरेका छन्।‘टिन एजमा युवाहरु बिभिन्न समस्याहरु पार गर्छन , ति राम्रा न राम्रा समस्याहरु आउनुको कारणहरुलाई हामिले मनोरन्जनात्मक तरिकाले प्रस्तुत गरेका छौ’ पुन्टे संयमले आफ्नो भूमिका बारे प्रस्ट्याए। छोटो भूमिका भएपनि रमाईलो रुपमा प्रस्तुत भएको नायिका प्रियंका कार्कीले बताइन।
Priyanka-karki-samyam
चलचित्र भित्र म कलेज पढाउने मिसको भूमिकामा देखिएकी छु’ प्रियंकाले आफ्नो भूमिका बारे बताइन। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ। कार्यक्रममा बोल्दै निर्देशक सुवास कोइरालाले चलचित्रमा टिनएजर्सले आफुलाई पाउने बताए।’
Punte-pared-team
साहन मुभी मेकर्स र आइडियाज एण्ड इमेजेज प्रा. लि. को ब्यानरमा निर्मित यस चलचित्रमा हरि महत संगै सुरज कोइराला र अनिल अधिकारीको लगानी रहेकोछ । चलचित्रमा संयम र एन्जिला संगै निलु डोमा शेर्पा , रबिन्द्र खड्का , स्वेता थापा , गीता अधिकारी , सरोज श्रेष्ठ , नाजिर हुसेन संगै प्रियंका बिशेष भूमिकामा देखिएका छन् । परिकल्पना निलु डोमा शेर्पाको रहेको छ भने यसमा पटकथा तथा सम्वाद शान बस्न्यातको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.