‘फर्की फर्की’को ट्रेलर रिलिज,


अनमोल केसीको नयाँ सिनेमा ‘फर्की फर्की’को ट्रेलर रिलिज भएको छ।

सार्वजनिक ट्रेलरलेमा अनमोल आफ्नो पुरानै चक्लेटी स्टाइलमा प्रस्तुत भएका छन्। साथै उनलाई रिसाहा तथा सन्काहा स्वभावमा पनि प्रस्तुत गरिएको छ।

‘टाइम ट्राभल’ अर्थात एउटा समयबाट अर्को समयमा जानसक्ने पात्रका रुपमा अनमोललाईदेखाइएको छ।  यही क्षमताका कारण हुने परिस्थितिको कथा सिनेमाले पेस गर्ने बुझ्न सकिन्छ।

सुयोग गुरुङ सिनेमाका लेखक तथा निर्देशक हुन्। सिनेमामा अनमोलको जोडी जसिता गुरुङसँग कसिएको छ। पहिलोपटक यही सिनेमामा एकसाथ उनीहरु अनस्क्रिन रोमान्स गर्दैछन्।

जशिताको पछिल्लो रिलिज ‘ज्याकी आइ एम २१’ हो। उनको यो सिनेमा पनि वक्सअफिसमा असफल बनेको थियो। यस्तै अनमोलको ‘छड्के-२’ सुपरफ्लप बनेको थियो।

त्यसैले अनमोल-जसिता दुबैका लागि यो सिनेमा चल्नु जरुरी छ।

सिनेमा जेठ १० गते रिलिज हुनेछ।

अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । मनोज ओली र रामु न्यौपाने सिनेमाका सह-निर्माता हुन् भने मोती कार्की तथा अनिरुद्र गिरी कार्यकारी निर्माता हुन् ।

नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत रहेको सिनेमामा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सन सिनेमालाई वितरण गर्दैछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.