विराटनगरमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया


काठमाडौँ। कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको हो । बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व कला दिवसको उपलक्ष्यमा आयोजना भएको उक्त अन्तक्रिया कार्यक्रमको सह-आयोजकको रुपमा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखा रहेको थियो । विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ नेपालका कोशी प्रदेश संयोजक नरेन्द्र बस्नेत विशेष अतिथी रहेका थिए ।

अन्तक्रिया कार्यक्रममा वक्ताको रुपमा अभिनेता प्रेम सुब्बा, हल संचालक कुबेर शर्मा, गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल, फिल्म निर्देशक केशव रायमाझी र टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई रहेका थिए भने सहजकर्तामा आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठ रहेका थिए ।

आयोजक संस्थाका सह-सचीव बिकल श्रेष्ठले संचालन गरेको कार्यक्रममा पहिलो थारु नायक तथा म्याजिक हल रामधुनी झुम्काका संचालक पर्शुराम चौधरी, मैथिली चलचित्रकर्मी संघ अध्यक्ष सन्तोष सरकार, राजबंशी चलचित्रकर्मी संघ अध्यक्ष प्रवलदीप बिश्वास, फिल्म निर्माता तथा निर्देशक कोशी भिजन फिल्म्स प्रालीका संचालक लाखमान योन्जन तामाङ, थारुचलचित्र तथा सांस्कृतिक संघ मोरङका अध्यक्ष कृष्ण दोषी, कलाकार कल्पना पाण्डे आचार्य, महिला व्यवसायी तथा कलाकार राधा आचार्य, निर्देशक राजु चौधरी, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिन कुमार नवोदित लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले पूर्वमा सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र संगीतकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना भएकोमा राम्रो कार्यको थालनी भन्दै उपस्थित फिल्मकर्मीहरुको भनाई थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.