‘छक्का पञ्जा-४’को हिसाब नपाएपछि हेमराजले दिए उजुरी, प्रहरीकोमा पुगे निर्मल शर्मा


निर्देशक हेमराज बिसीले ‘छक्का पञ्जा ४’को स्पष्ट हिसाब नपाएको भन्दै प्रहरीको उजुरी गरेका छन्।

निर्देशक बिसीको उजुरीपछि सिनेमाका कार्यकारी निर्माता निर्मल शर्मा प्रहरीकोमा उपस्थित भएका छन्।

मंगलबार उनी काठमाडौं प्रहरी परिसर, टेकुमा कम्पनीका लेखापालसहित पुगेका थिए।

सिनेमा दिपकराज गिरी तथा दिपाश्रीको आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको हो। यस्तै रेमिट्यान्स कम्पनी आइएमई यसको प्रस्तुतकर्ता हो।

निर्देशक बिसीले विगत एकवर्षदेखि पटकपटक औपचारिक हिसाब माग्दा नपाएपछि उजुरी दिएको बताए।

बिसी हाल अमेरिकामा छन्।

विगत एक वर्षदेखि ताकेतागर्दा हिसाब नपाएपछि आफू प्रहरीमा जान बाध्य भएको उनको भनाइ छ।

उनले ‘छक्का पञ्जा-४’ निर्माण टिम विरुद्ध एक महिना अगाडि अनलाइन मार्फत उजुरी दिएका हुन्।

बिसीको सिनेमामा १५ प्रतिशत हिस्सेदार हुन्।

‘मैले पटकपटक हिसाब मागें उहाँहरुले आउनुस् लिएर जानुस् भन्नुभयो। म अमेरिका भएकाले मेलमा हिसाब मागें तर पाइन’, बिसीले भने।

यसैगरी निर्मल शर्माले आफूहरु विरुद्ध हिसाब नदेखाएको उजुरी परेको स्वीकार गरे।

‘हिसाबकिताब चित नबुझेको उहाँको गुनासो छ। अडिट रिपोर्ट उहाँलाई पठाइदिसकेका छौङ, ६५ लाख रुपैयाँ लिएर जानुभएको हो, बढि पैसा पाउनुपर्छ भनेर उहाँ जानुभएको हो। डिटेल कुरा दिपकजी(दिपकराज गिरी)लाई थाहा छ’, निर्मल शर्माले भने।

राजनीतिक विषयमा आधारित सिनेमाले वक्सअफिसमा झण्डै १८ करोड ग्रस कमाइ गरेको छ। यो नेपाली वक्सअफिसले सार्वजनिक गरेको हिसाब हो। यसमा ओभरसिज कमाइ समावेश छैन।

प्रहरीकोमा अब उनीहरु भ्याटबिलसहितको औपचारिक हिसावसहित पेस हुनुपर्नेछ।

प्रहरीमा पुगेका उनीहरुले प्रहरीलाई केही दिनमा हिसाबसहित प्रस्तुत हुने बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.