‘ह्रस्व दीर्घ’को पोस्टरमा हरिहरको दुई लुक्स


अभिनेता हरिहर अधिकारीको ‘ह्रस्व दीर्घ’ लुक्स सार्वजनिक भएको छ ।

निर्माणपक्षले हरिहरको जन्मदिन पारेर लुक्स सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा हरिहरलाई एउटामा लुक्समा लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन् ।

असोज ११ गते रिलिज हुने सिनेमाले यसअघि निर्माणपक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो ।

चन्द्र पन्तको निर्देशनमा बनिरहेको प्रेमकथाको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ।

अभिनेता हरिरहर अधिकारीले यो सिनेमामा लेखेका हुन्। सिनेमामा कविरलालको छायांकन छ।

नायिका नीता ढुंगानाको निर्माण रहेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।