एक महिनामा जीवन लुइँटेल तिन पटक सिनेमा हलमा


सेलिब्रेटी नेपाल काठमाडौँ
अहिलेका चल्तीका तथा बिकाउ नायक जीवन लुइँटेल उनि अभिनित तिन चलचित्र एकै महिनामा प्रदर्शनमा आउने भएका छन्। एकै महिना भित्र तिन चलचित्र प्रदर्शनमा आउने भए पछि उनका फ्यानहरु लाई अबश्य नै गार्हो पर्छ समय मिलायर तिनै चलचित्र हेर्नको लागि ति तिन चलचित्र हरु हुन् साउन २३ गते बाट प्रदर्शनमा आउने आर.बि.खत्रीले निर्देशन गरेको चलचित्र ‘शीशा,एभरेस्ट सुर्य बोहोराले निर्देशन गरेको भाद्र ६ गते रिलिज हुने ‘ठुली’ र दिवाकर भट्टराई निर्देशित भाद्र २० गते बाट प्रदर्शन हुने चलचित्र ‘स्टुपीड मन’ हुन्। तिन चलचित्र मध्ये कुन चलचित्र लाई दर्शकले माया गर्ने छन् त्यो थाहा पाउन केहि महिना कुर्ने पर्ने छ। यी तिन चलचित्रका आ -आफ्नै बिशेषता रहेका छन्।
Sheesha-posterमदुसुधन ढकाल,अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको संयुक्त लगानीमा निर्माण भएको शीशामा जीवनको जोडी उमा बेबी रहेकी छिन् । चलचित्रमा जीवन लुइटेल,उमा बेबीको अलावा रागिनी खड्गी, निर्मल सेन्चुरी, दिपेश भण्डारी, शर्मिला मल्ल, बी.एस राणा लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा भारतीए चर्चित फूटबल खेलाडी भाइचुङ भुटिया पनि विशेष भूमिकामा देखिनेछन्।चलचित्रमा कुमार बखती र राम कुमार केसीको छायांकन, तारा थापाको सम्पादन, कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ। चलचित्रमा समावेश गीतमा लक्की सिटौलाले र मनोज सिंहले संगीत दिएका छन्।
Thuli-posterचलचित्र ठुलीमा जीवन लुइँटेल र गरिमा पन्तको रोमान्स हेर्न पाईनेछ। चलचित्र ‘ठुली’ लाई पुस्कर पन्त र सुनिल बस्नेतले संयुक्त निर्माण गरेका हुन। नारी प्रधान चलचित्रमा कन्चन ठकुरी,निला बस्नेत,बिशाल पहारी लगायतको पनि अभिनय रहेको छ।
Stupid-maan-posterनायक निरज बराल नायक बाट निर्माता भएको चलचित्र ‘स्टुपिड मन’ मा दुइ नव नायिका चाँदनी शर्मा र रिजु श्रेष्ठले डेब्यु गरेका छन्। निरजलाई निर्माणमा विवेक शाहीले सघाएका छन्। चलचित्रमा अर्जुन पोखरेल र करणराज कार्कीको संगीत, संजय लामाको क्यामेरा,अष्ट महर्जनको द्धन्दनिर्देशन,कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ।चलचित्रको सम्पूर्ण छायांकन थाईल्याण्डमा गरिएको छ।