‘ज्वाइँ साब’मा अनुबन्धित भए हिमेश


‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन् ।

बुधबार उनी अनुबन्धित भएका हुन् । सिनेमामा हिमेश कमेडी भूमिकामा प्रस्तुत हुनेछन् ।

सिनेमालाई वसन्त निरौलाले निर्देशन गर्दैछन्। उनी यसअघि ‘वर एण्ड वधु’ तथा ‘शमशेर’मा अनुबन्धित भएका थिए।

वैशाख १५ गतेदेखि फ्लोरमा जाने यो सिनेमामा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्।

सविन अधिकारीको कथा रहेको सिनेमामा शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।

राज कुमार पण्डित, मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल  हुन् ।