‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा तीन विषयमा सिनेमा संवाद हुने


काठमाडौँ। ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा बिभिन्न बिषयमा अन्तरक्रिया तथा सिनेमा सम्बाद हुने भएको छ । बैशाख ६ देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने महोत्सवमा ‘चलचित्र र स्थानिय सरकार’, ‘पर्यटन र चलचित्र’ र ‘ग्रामीण कथा र नेपाली चलचित्र’ गरि तीन विषयमा सिनेमा सम्बाद हुन लागेको हो ।

आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार ‘चलचित्र र स्थानिय सरकार’लाई चलचित्र पत्रकार बिष्णु सुबेदी, ‘पर्यटन र चलचित्र’लाई अर्का चलचित्र पत्रकार समिर बलामी र ‘ग्रामिण कथा र नेपाली चलचित्र’लाई चलचित्र लेखक बिकास सुबेदीले सहजीकरण गर्नेछन् । सिनेमा सम्बादका वत्ताहरु केही दिनमा सार्वजनिक गरिने पनि उनले जनाएका छन् ।

नेपाली चलचित्रलाई स्थानिय स्तरमा प्रमोट गर्न तथा स्थानिय मौलिकतालाई चलचित्रमा भित्राउन यस्ता चलचित्रकर्मी र स्थानियको भूमिका बारे यस्तो बहस सञ्चालन गर्न लागिएको महोत्सवका संयोजक कमल एक्चै मगरले जनाएका छन् । मगरले आफ्नै गृह जिल्ला हुने महोत्सवलाई भब्य र सुसंस्कृत रुपमा सम्पन्न गर्न आयोजक जुटिसकेको जानकारी समेत दिएका छन् ।

प्रत्येक बर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर चलचित्र, छोटा चलचित्र, डकुमेन्ट्री र कल्चर चलचित्रहरु प्रदर्शन गरिनेछ । महोत्सवमा करिव २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित ब्यक्तिहरु संग गाउँले दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन् ।