यस्तो बन्यो केकीको ‘बोक्सीको घर’को ट्रेलर, रिझ्याउला त दर्शक?


‘बोक्सीको घरको’ ट्रेलर रिलिज भएको छ।

आइतबार सार्वजनिक भएको ट्रेलर केकी अधिकारीको सेरोफेरोमा घुमेको छ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा वैशाख १४ गते रिलिज हुँदैछ।

ट्रेलरमा बोक्सीको अन्धविश्वासमाथि विश्वास गर्ने समाज सोका कारण प्रताडित केकी अधिकारीलाई देखाइएको छ। यसैगरी बोक्सी मान्ने समाजलाई चुनौती दिने पात्रका रुपमा स्वेच्छा राउतलाई सिनेमाको ट्रेलरमा देख्न सकिन्छ।

यस्तै सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमा हेरिरहँदा केकीको चरित्रले दर्शकहरुलाई थ्रिलको अनुभव गर्न पाउने अनुमान गर्न सकिन्छ।

सिनेमाम उनका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफल्क फिल्मस्ले यो सिनेमालाई वितरण गर्नेछ ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.