‘बलिदान’मा ऋचा शर्मा


अभिनेत्री ऋचा शर्मा सन्तोष सेनको निर्माण तथा निर्देशनमा बन्ने ‘बलिदान’मा अनुबन्धित भएकी छन् ।

सेनले बिहीबार ऋचासँग कागजी सम्झौता गरेका हुन् ।

सिनेमामा उनी मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी निर्माणपक्षले दिएको छ।

सिनेमा बैशाखको अन्तिम साताबाट फ्लोरमा जानेछ। यही सिनेमाबाट अभिनेता विराज भट्टका छोरा समिर भट्ट डेब्यू हुँदैछन्।

सिनेमामा यसअघि नै सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा अनुबन्धित भइसकेको छ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा बन्न लागेको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी छन्

फिल्मलाई आगामी दशैंको फूलपाती, असोज २४मा रिलिज हुने निर्माणक्षले घोषणा गरिसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.