‘ज्वाइँ साब’ बन्दै जितु


अभिनेता जितु नेपाल नयाँ सिनेमामा अनुबन्धित भएका छन्।

उनी ‘ज्वाइँ साब’ सिनेमामा अनुबन्धित भएका हुन्।

बसन्त निरौलाको निर्देशनमा बन्ने ‘ज्वाइँ साब’ सिनेमामा उनको शीर्ष भूमिका हुनेछ।

सिनेमाले सामाजिक विषयवस्तुको कथा हास्यरसमा पेस गर्नेछ।

आगामी वर्ष तिहारमा रिलिज हुने यो सिनेमाका प्रस्तुतकर्ता राज कुमार पण्डित हुन्।

सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहने सिनेमा बैशाख १५ गतेबाट फ्लोरमा जानेछ।

यो सिनेमा रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्यमा निर्माण हुनेछ।

मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङ सिनेमाका निर्माता हुन् भने विजय बस्याल कार्यकारी निर्माता हुन् ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.