`घरज्वाइँ´का २ पोस्टर – एउटामा दयाको बन्दुक बोकेको रवाफिलो अन्दाज, अर्कोमा डोको बोकेर मिरुना पछ्याउँदै


`घरज्वाइँ´ सिनेमाले दुईवटा पोस्टर सार्वजनिक गर्दै आफ्ना दुई मूल पात्रको लुक्स सार्वजनिक गरेको छ।

सार्वजनिक भएका दुई पोस्टरमध्ये एकमा अभिनेता राईलाई बन्दुक बोकेको रवाफिलो अन्दाजमा प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा भनेर उनै दयालाई डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरलाई पछ्याइरहेको देख्न सकिन्छ। सो पोस्टरमा मिरुनाले उनको कपडा बुनिरहेको देख्न सकिन्छ।

अनिल बुढा मगर निर्देशित यो सिनेमा मगर संस्कृतिमा आधारित रहेको छ।

सिनेमामा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगर आदिको अभिनय रहेको छ ।

सिनेमा असार २८ गते रिलिज हुनेछ।

पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको `घरज्वाइँ´को कथा तथा पटकथा स्वयम् निर्देशक बुढाले लेखेका हुन् भने संवादमा भने उनले विनोद खतिवडा तथा सुभास कोइरालासँग सहकार्य गरेका छन्।

सुसन प्रजापतिले खिचेको सिनेमामा हर्क साउद शब्द तथा मनोज थापाको संगीत छ भने रामजी लामिछाने कोरियोग्राफर हुन् ।

May be an image of 2 people and text

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.