हेर्नुस् कस्तो बन्यो ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर


हलिउड एक्सन-कमेडी फ्रान्चाइज ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा विल स्मिथ र मार्टिन लरेन्सको जोडी आफ्नो पुरानै अन्दाजमा जासूसको भूमिकामा देखिएका छन् ।

चौथो सिरिजको नाम ‘ब्याड ब्वाइज : राइड वा डाइ’ राखिएको छ।

३ मिनेट ५ सेकेण्ड लामो ट्रेलरमा अघिल्लो सिरिजको झलकलाई समेत समेटिएको छ।

ट्रेलरमा सिनेमाले अमेरिकाको मियामीका पूर्वकप्तान कोनराड होवार्डले धेरै वर्षदेखि औषधि उत्पादन गर्ने कम्पनीमा काम गरिरहेको खुलासा गरिएको छ। विलले यो खुलासा क्याप्टेन होवार्डलाई फसाउनका लागि गरिएको हो।

यो परिस्थितिमा उनीहरुलाई देशलाई बचाउनु मात्रै होइन, शत्रुलाई पनि नष्ट गर्नुपर्नेछ ।

यस्तै कुरा समेटिएको ट्रेलरमा विल र मार्टिनको सदाबहार नोकझोकलाई समेत प्रस्तुत गरिएको छ। सिनेमाले यस फ्रान्चाइजका प्रशंसकहरुलाई आकर्षित गर्न सक्छ।

यो सिनेमा जुन ७ मा रिलिज हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.