कस्तो छ नयाँ बर्षमा प्रदर्शनमा आउने चलचित्र ‘रेड सुटकेस’को टिजर ?


काठमाडौं। नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्र ‘रेड सुटकेस’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले युट्युबमार्फत् सिनेमाको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा एक व्यक्ति घरबाट सुटकेस लिएर यात्रामा निस्किएको दखिन्छ । सुटकेस सडक र पानीमा घिसार्दै गरेको पात्रले सुटकेस खोलेको दृश्यसँगै टिजर सकिन्छ ।

फिडेल देवकोटाको लेखन तथा निर्देशक रहेको सिनेमामा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा छन् । सिनेमामा सौगाल मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् ।

भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको सिनेमा ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा भन्ने सिनेमाले नेपालको आर्थिक र राजनीतिक अवस्थाको पनि कथा भन्छ ।

यो सिनेमा यसअघि स्वीट्जरल्यान्डको जुरिच सिनेमा महोत्सवमा समेत प्रिमियर भएको छ । फिडेल देवकोटा निर्देशित सिनेमालाई आइसफल प्रोडक्सनले निर्माण गरेको हो ।

सुशन प्रजापतिको छायांकन रहेको सिनेमालाई समन अलभितिगाले सम्पादन गरेका हुन् । रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको चलचित्र चैत ३० गते रिलिज हुनेछ ।