‘वर एण्ड वधु’ बाँकी छायाँकन सुरु हुँदै, आँचलसँग रोमान्स गर्न विवेकले बनाए यस्तो बडि


‘वर एण्ड बधु’ले आफ्नो बाँकी सिनेमाको छायाँकन सुरु गर्ने भएको छ ।

५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्मको बाँकी ५० प्रतिशत छायांकन चैतको तेश्रो साताबाट सुरु हुने भएको छ।

फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी छायांकन नेपालमा हुनेछ ।

रोमान्टिक कमेडी कथा रहेको यो सिनेमामा वधुको भूमिकामा नायिका आँचल शर्मा छिन् भने वरको भूमिकामा नव–नायक विवेक कर्माचार्य छन् ।

नायक विवेक कर्माचार्यले फिल्मको दोस्रो सेड्यूलका लागि  आफ्नो शरीर समेत बनाएका छन् ।

निर्माणपक्षले सार्वजनिक गरेको विवेकको नयाँ तस्वीरमा उनको शरीर सुगठित देखिन्छ । निर्देशक चाम्सले कथाको माग अनुसार नै विवेकले शरीर बनाएको बताए ।

फिल्ममा सुदिप बरालको छायांकन छ ।

यो फिल्मले विवाहको संस्कृतिलाई पर्दामा देखाउने निर्माणपक्षले बताएको छ । छायांकन सकिएपछि सिनेमाको रिलिज मिति पनि तय गर्ने बताइएको छ ।

डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

Vivek Karmacharya

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.