वान वेमा रबिन तामांग ग्याङस्टार (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका सफल निर्माताको परिचय बनाई सकेका राज कुमार राईले निर्माण गरेको चलचित्र ‘वान वे’को शीर्ष गीत सार्वजनिक गरिएको छ। चलचित्रका कलाकार एवं गायक रविन तामाङले नै गाएको गीतमा उनलाई नै फिचरिङ गरिएको छ। यो गीतलाई पनि रविन एन्ड द न्यू रिभोलुसन ब्यान्डले नै सिर्जना गरेको हो।
one-way-poster
यो चलचित्रमा रविनका अलवा सिद्धार्थ गुरुङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ। यो सिनेमालाई ग्याङस्टारको कथा भनिएको छ। चलचित्रमा कथा एवं निर्देशन सुरज सुब्बा ‘नाल्बो’को रहेको छ। बिदेशी बजारको लागि टार्गेट गरेर निर्माण गरिएको चलचित्रले राम्रो व्यापार गर्नेमा निर्माण युनिट बिस्वस्त रहेको छ।