प्रदिप शाहीको चलचित्रमा प्रदिप संगै विजय लामा पनि


काठमाडौँ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का,बेनिषा हमाल संगै विजय लामा पनि फाइनल भएका छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा बिजय लामाको पनि मुख्य र बिसेष भूमिका रहने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्।

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। चलचित्रको अन्य कलाकार र प्राविधिक पनि फाइनल हुने क्रममा रहेको निर्देशक शाहीले जानकारी दिए। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तीम संस्कार’ मा पनि विजय लामा मुख्य भूमिकामा रहेका थिए। लामा संगको यो दोश्रो पटक सहकार्यले अझै राम्रो प्रतिफल पाउनेमा टिम आशावादी रहेको छ। छिट्टै चलचित्रको सम्पूर्ण टिम र अन्य जानकारी दिने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.