पुन्टे परेड गीत रिलिज संयम भन्छन मलाई सम्हाल (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
पहिलो चलचित्र सायद बाट स्टार बनेका नायक संयम पुरीको दोस्रो चलचित्र ‘पुन्टे परेड’ यति बेला प्रचार प्रसारमा उत्रिएको छ चलचित्रको आउ सम्हाल मलाई………..गीत सार्वजनिक भएको छ। गीतमा पुन्टे अर्थात संयम पुरी र एन्जिला दहालको रमाईलो प्रेम परेड हेर्न पाईन्छ। रिलिज गरिएको गीतमा अवाज बादल लिम्बु र मेनुका राईको रहेको छ भने संगीत ताराप्रकास लिम्बुको रहेको छ । गीत सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन्।
Samyam-anjeela
चलचित्र ‘पुन्टे परेड’मा तीन वटा गीत रहेको निर्माण युनिटले जानकारी दिएको छ । चलचित्रका तीनवटा गीत मध्ये एक गीतमा नायिका प्रियंका कार्कीले नृत्य निर्देशन गरेकी छिन्। नायिका प्रियंका कार्कीलाई पनि ‘पुन्टे परेड’मा विषेश भुमिकामा देख्न पाईनेछ।

चलचित्र ‘पुन्टे परेड’को निर्माण हरि महत, सुरज कोईराला र अनिल अधिकारी मिलेर गरेका हुन्। कमेडी शैलीको चलचित्र ‘पुन्टे परेड’को निर्देशक सुवास कोईराला हुन्। चलचित्रमा संयम र एन्जिलाका अलावा निलु डोमा शेर्पा, रविन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा र विषेश भुमिकामा नायिका प्रियंका कार्की पनि देखा परेकी छिन्।

श्रावण २ गतेबाट अल नेपाल रिलिज हुने चलचित्र ‘पुन्टे परेड’को कथा निलु डोमा शेर्पाले लेखेका हुन् भने पटकथा र सम्वाद शान बस्न्यातको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.