आफ्नै फिल्मको नाम शुद्ध लेखेनन् राउतले


आज ४८ औं दिनमा दिनेश राउतको निर्देशन रहेको सिनेमा ‘पुजार सार्की’को छायाँकन सकिएको छ।

यसको जानकारी निर्देशक राउतले आफ्नो फेसबुकबाट दिए। यसक्रममा उनले दुई फोटो राख्दै क्याप्सन समेत लेखेर सबैलाई धन्यवाद दिए।

स्टाटस लेख्ने क्रममा उनले आफ्नै सिनेमाको नाम शुद्धसँग नलेखेको पाइएको छ। उनले ‘पुजार सार्की” लेख्नुपर्नेमा ‘पुजार शार्की’ लेखेका छन्।

आशा गरौं निर्देशक राउतले यो त्रुटी छिट्टै सच्याउनेछन्।

जातिय भेदभावमाथि बनेको यो सिनेमामा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अञ्जना बराइली तथा परीक्षा लिम्बुको प्रमुख अभिनय रहेको छ।

 

Copyright © 2012 - 2026 | All Right Reserved.