४८ दिनमा सकियो ‘पुजार सार्की’


काठमाडौँ। ‘पुजार सार्की’को प्याकअप भएको छ। सिनेमाको ४८ दिनमा प्याकअप भएको जानकारी सिनेमाका निर्देशक दिनेश राउतले फेसबुकमार्फत दिएका हुन्। सिनेमामा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अञ्जना बराईली तथा परीक्षा लिम्बुको मुख्य अभिनय रहेको छ। फेसबुकमा दुई तस्विर पोस्ट गर्दै राउतले सिनेमा ४८ औं दिनमा सकिएको जानकारी दिएका हुन् ।

‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै फिल्म ‘पुजार शार्की’को सम्पूर्ण छायांकन ४८ औं दिनमा समाप्त भएको जानकारी गराउन चाहान्छु।’, फेसबुकमा तस्विरको साथमा उनले लेखेका छन्, ‘साथै छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण कास्कीकोटबासी लगायत ‘पुजार सार्की’को पूरै टिमप्रति आभार व्यक्त गर्न चाहान्छु ।’ संगीतकार सुभाष भूषाल निर्माता रहेको सिनेमा विकास सुवेदीले लेखेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.