‘उपहार’ ले गर्यो विदेश प्रदर्शनको सुरुवात


काठमाडौँ। नेपालमा सफलताका साथ प्रदर्शनरत चलचित्र ‘उपहार’ ले विदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । चलचित्रको पहिलो विदेश शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो । निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । फिल्म दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको हो ।

दर्शकको मागलाई मध्यनजर गर्दै १९ मार्चमा अर्को शो राखिएको फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरीले बताए । यस्तै अमेरिकाका अन्य राज्यबाट पनि फिल्मको उच्च माग भईरहेको जानकारी निर्माता शाहीले दिए ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित चलचित्र ‘उपहार’ यतिबेला देशभरका हलहरुमा सफलताकासाथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले ‘मालिका’ पछि यो चलचित्रबाट ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् । यो चलचित्र रिलिज पश्चात उनको क्रेज नघटेकाे चर्चा भैरहेको छ । साथै, यस पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन,मित्र डि गुरुङको सम्पादन,अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

र्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.