सेन्सर पास नभएमा अदालतको ढोका ढकढकाउने


सेलिब्रेटी नेपाल काठमाडौँ
२०६१ साल भाद्र महिनाको १५ गते इराकमा १२ जना नेपालीको हत्या भएको थियो। तिनै १२ जना नेपाली हरुको हत्या कसरि किन भएको थियो भन्ने बारेमा अध्ययन गरेर निर्देशक अरुण प्रधानले तयार पारेको चलचित्र ‘१२ नेपाली एक चिहान’लाई सेन्सर बोर्डले नहेरीकनै प्रदर्शनमा ल्याउन नदिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आफू मातहतको चलचित्र विकास बोर्डलाई उक्त चलचित्रलाई सेन्सर इजाजतका लागि सिफारिस नगर्न निर्देशन दिंदै पत्राचार गरेको छ।
12 nepali ek chihan 3
राजधानीको मण्डला थिएटरमा प्रेस मिटको आयोजना गर्दै सेन्सर पास नभएमा अदालतको ढोका ढकढकाउने निर्देशक अरुण प्रधानले बताए। उक्त कार्यक्रममा बोल्दै निर्देशक अरुण प्रधानले ‘चलचित्र सेन्सर होस् भनी हामी पहिलो चरणमा सूचना मन्त्रालय तथा फिल्म सम्बद संघ संस्थालाई निवेदन पेश गर्छाैं। यति गर्दा पनि भएन भने हामी मुद्धा लड्न कानुनको ढोकामा जान्छौं।
चलचित्र ‘१२ नेपाली एक चिहान’मा अभिनय गर्ने सम्पूर्ण नयाँ तथा थियटर आर्टिस्टहरु रहेका छन्। राजन खतिवडा,जतिन ताम्राकार,रबिन्द्र झा,बिक्रम सिंह,उत्तम जंग लिम्बु,राम भजन कामत,सुशील थापा मगर,घनश्याम मिश्र,निरञ्जन मेहता,सोनु जयन्ति,प्रजा प्रधान,मिलन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.