‘द्रौपदी’ को डोल्पाबाट छायांकन सुरु


काठमाडौँ। निर्देशक ऋषिराज आचार्यको नयाँ चलचित्र ‘द्रौपदी’ को बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर चलचित्रको स्क्रिप्ट करिब ४ बर्ष लगाएर लेखिएको लेखक र निर्माता समेत रहेका निर्देशक आचार्यले बताएका छ्न ।

चलचित्रमा आश्विनी शाही,गायक रबि ओड,कबिराज भाम,जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ । रबि ओडको संगीत रहेको चलचित्रको निर्माण ब्यबस्थापनमा बिमला भुसाल छिन् भने चलचित्रलाई मोहनकुमार झिल्लुले खिच्दैछन ।

ऋषिराज आचार्य,बिष्णु ठडराई (सुबास ),प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह-निर्माता रहेको चलचित्रको लेखन,गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । `द्रौपदी´ को सम्पूर्ण छायांकन डोल्पा जिल्ला आसपासमा गरिने निर्माण टिमले जानकारी दिएको छ ।