दर्शकले रुचाए ‘उपहार’, नयाँका लागि उदाहरण बने ज्ञानेन्द्र


शुक्रबारबाट रिलिज भएको ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’ लाई दर्शकले रुचाएका छन्। झिं’गेदाउ’लाई क्लिन हिट बनाएका देउजाको यो पछिल्लो सिनेमाको कथा र प्रस्तुति मनपरेको प्रतिक्रिया दर्शकहरुले दिएका छन्। सिनेमाले काठमाडौंमा जीवन संघर्ष गर्ने र विभिन्न मनोवृत्ति बोकेका तीन युवतीको समानान्तर कथा पेस गर्छ।

सिनेमा हेरेका दर्शकहरुले ‘उपहार’ ले मनोरञ्जन दिनुका साथै भावुकसमेत बनाएको बताएका छन्। सिनेमाले आफ्नो पहिलो हाफमा हाँसोको फोहोरा छुटाउवछ भने दोश्रो हाफमा गम्भिर बनाउँछ।

सुपरस्टार अभिनेत्री रेखा थापा साथमा अभिनेत्रीहरु पूजा शर्मा, बेनिशा हमाल। मुकुन भुषाल, तेज गिरीको साथमा डेब्यू अभिनेता समर्पणजंग कार्कीको सिनेमामा प्रमुख भूमिका रहेको छ। यसका अलावा, सुष्मा कार्की, शिशिर राणा तथा अंशु महर्जनको समेत अभिनय रहेको छ।

सिनेमामा कलाकारहरु काम अब्बल देखिएको छ भने निर्देशकका रुपमा ज्ञानेन्द्र देऊजाले आफूलाई निर्देशक पुरानो हुँदैन भन्ने संदेश दिएका छन्। अघिल्ला पुस्ताका निर्देशकमा गनिने भएपनि दर्शकहरुको फेरिदो स्वादमा उनले आफूलाई फिट गराउन यो सिनेमाबाट उनी सफल भएका छन्।
ुझिंगेदाउुका समयमा केही नर्भसजस्तो देखिएका देउजाले आफू हालका निर्देशक भन्दा कम्तीको नभएको ‘उपहार सिनेमाबाट जवाफ दिएका छन्।
उनको निर्देशनले दर्शकहरुको मनोरञ्जनको अपेक्षालाई पूरा गर्छ। पछिल्लो समय नेपाली सिनेमाले ओपनिङसमेत नपाईरहेको अवस्था देउजा सिनेमाहलसम्म तान्न सफल भएका छन् । नयाँ मेकरका सिनेमा यो वर्ष वक्सअफिसमा लगातार असफल भएको सन्दर्भमा ‘झिंगेदाउ’बाट क्लिन हिट दिएर उनले आफूलाई गतिशिल निर्देशकका रुपमा ‘उपहार’ बाट पुनः प्रमाणित गरेका छन्।

अघिल्लो सिनेमा क्लिन हिट गराएपनि प्रदर्शकहरुले विदेशी सिनेमालाई काखी च्याप्दै सिनेमाका लागि पर्याप्त शो नदिए पनि ुउपहारुले दिनहरु बढ्दै जाँदा दर्शकहरुको संख्या उल्लेख्य मात्रामा बढाउँदै गएको छ।

यस्तो हुनुमा सिनेमाले उठाएको संघर्षशील पात्रहरुको कथाले विशेष भूमिका खेलेको छ। त्यसमाथि देउजाले यो सिनेमामा महिला पात्रहरुलाई आफ्नो निर्दशनको केन्द्रबिन्दुमा राखेर समाजमा भेटिने विभिन्न महिलाहरुलाई पर्दामा जस्ताको तस्तै उतारेका छन्। यस मानेमा देउजा ऐना बनेका छन् यो सिनेमामा।

महिलाको कथामा अक्सर कम सिनेमा बन्ने गरेको परिप्रेक्षमा ज्ञानेन्द्र देउजाले एउटा सन्तुलित सिनेमा दर्शकलाई दिएका छन्। दर्शकले सिनेमा मन पराउनुमा यो सन्तुलनले काम गरेको छ। विगतमा ुमुनामदनु लगायतका हिट सिनेमा दिएका देउजा अघिल्लो पुस्ताका सफल निर्देशकमध्येका एक हुन्।

नेपाली रजतपटमा नयाँ निर्देशकहरुको निरन्तर प्रवेश जारी रहेको अवस्थामा उनी आफ्ना सिनेमाहरुमा कन्फिडेन्स देखिएका छन्। उनको यस कन्फिडेन्समा ‘उपहार’ले थप बल दिएको छ।