‘उपहार’को उत्साहजनक ओपनिङ, केही हलमा बढ्यो शो


रेखा थापाको ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ ।

शुक्रबारका दिन परेको महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको बिदाको सिनेमाले राम्रो फाइदा प्राप्त गरेको छ।

सिनेमाले आफूलाई प्राप्त सबै शोहरुमा दर्शकको उच्च साथ पाएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो सिनेमामा रेखा थापा, पूजा शर्मा तथा वेनिशा हमाल प्रमुख भूमिकामा रहेका छन्।

यो सिनेमा हेर्न हलहरुमा महिला दर्शकहरुको उपस्थिति उलेख्य मात्रामा रहेको छ।

शुक्रबार दिनभर काठमाडौंका मल्टिप्लेक्स र सिंगल हलहरुमा दर्शकको चाप उच्च थियो। बिग मुभिज, लाबिम मल, सिभिल मल, एफक्यू, वान सिनेमाज्, अष्टनारायण लगायतका हलहरुमा दर्शकको चाप समान किसिमको छ।

सिनेमा हेरेका दर्शकहरुले ‘उपहार’को विषयवस्तु, कमेडी र कलाकारको अभिनयको तारिफ गरेका छन् ।

सिनेमा हलमा दर्शककहरुको उत्साहजनक चापका कारण हौसिएका नायिकाद्धय पूजा शर्मा र बेनिशा हमाल काठमाडौंका विभिन्न हलहरुमा पुगेर दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिए।

सिनेमाका वितरक करण श्रेष्ठले ‘उपहार’ले शनिबार केही हलमा शो थपेको जानकारी दिएका छन्।

काठमाडौं बाहिर पनि सिनेमाले राम्रो व्यापार गरेको छ ।

‘यदि, यो सिनेमाले सोलो रिलिजको अवसर पाएको भए थुप्रै व्यापारिक रेकर्ड तोड्ने रहेछ ।’, करणले भने।

सिनेमामा रेखा, पूजा तथा बेनिशाका अलावा मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अन्सु महर्जन लगायतको अभिनय छ। सिनेमाले आज शनिबार आक्रामक व्यापार गर्ने अनुमान छ।

महिला पात्रलाई केन्द्रिय भूमिकामा कमै सिनेमा निर्माण हुने गरेको प्ररिप्रेक्ष्यमा ‘उपहार’ले महिला पात्रको सेरोफेरोमा आफ्नो कथा भनेको छ। सिनेमा समसामयिक सामाजिक विषयमा आधारित रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.