चलचित्र ‘उपहार’ले गर्यो राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर


काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘उपहार’ले राजधानीमा बिहीबार ग्राण्ड प्रिमियर गरेको छ । चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की र तेज गिरीलगायतको उपस्थिति रहेको शोमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।

प्रिमियर समारोहमा उपस्थित हुन नसकेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो संदेशमार्फत सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् ।
‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । चलचित्र हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, अभिनेत्री थापाले भनिन्,‘यो चलचित्रमा नारीको सङ्घर्षसँगै सक्षमता पनि देखाईएको छ । स्वाभिमानी महिलाको कथा हो ।’

प्रिमियरमा उपस्थित अभिनेत्री केकी अधिकारी, अभिनेता विजय लामा, निर्देशक शोभित बस्नेत, सुदर्शन थापा, मोडल उषा उप्रेती, निर्देशक कृषा चौलागाई, दिवाकर भट्टराईले फिल्मको कथाले मन छोएको बताए ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.