समीक्षा भन्छिन्- बलात्कारी दुई प्रकारका र दुबै फाँसीका लायक



गायिका समीक्षा अधिकारीले बलात्कारी दुई प्रकार हुने र र ती दुबै प्रकारका नै फासीका लायक हुने बताइन्।

उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन्।

स्टाटसमा उनले एक प्रकारका बलात्कारीले माया र करुणाको नाटक गर्ने र अर्को बल प्रयोग गर्दै जबरजस्ती गर्ने भएको जनाएकी छन्।

‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्। १.माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउदै त छाड्छन् तर जीवनभर मार्छन्’, उनले लेखेकी छन्, ‘२.जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’

उनले यो स्टाटस होस्टलमा आत्महत्या गरेकी भनिएकी १३ वर्षीया शालिन पोखरेललाई न्याय माग्दै लेखेकी हुन्। उनले सरकारसँग सो मृत्यु प्रकरणमा अबिलम्ब सत्यतथ्य सार्वजनिक गर्नममाग गरेकी छन्।

‘चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसंग जोडदार माग गर्दछु’, उनले फेसबुकमा लेखेको स्टाटसमा माग गरेकी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.