आज राजेश हमालको गोप्य रुपमा बिबाह सम्पन्न


(सेलिब्रेटी नेपाल) १० जेठ – महा नायक राजेश हमाल र मधु भट्टराईको बैबाहिक कार्यक्रम दरबारमार्गस्थित होटल अन्नपूर्णको कुमारी हलमा आज सम्पन्न हुँदैछ। जीवनको पाँच दशक पार गरेका नायक राजेश हमालले आफ्नी प्रेमिका मधु संग बिबाह गरेका हुन् झण्डै नौ बर्ष अघि मे २८ तारिकमा मधु-हमालको पहिलो भेट भएको थियो। हमालको बिहेमा उनका निक्कै निकटका साथीभाई र आफन्त मात्र जम्मा भएका छन् हिन्दु परम्परा अनुसार हमालले आफ्नी प्रेमिका संग बिबाह गरेका छन्।

Rajesh-hamal-madhu

बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका थिए । हमालको विवाह स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको छैन्। Rajesh-hamal-marrige
rajesh-wedding

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.