चलचित्र स्पार्क मुहुर्त


सेलिब्रेटी नेपाल-परिवारसँग छुट्टिएर बसेको सन्तानले जीवनमा के कस्ता कुरा भोग्नुपर्छ भन्ने विषय समेटिएको चलचित्र स्पार्कको बिहीबार मुहुर्त गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ फिल्मकर्मी यादव खरेलले चलचित्रलाई शुभकामना दिँदै चलचित्र क्षेत्रमा नयाँ अनुहारको प्रवेशक्रम हुनु सुखद भएको बताए।
Spark-poster
कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, फिल्मकर्मी राजेन्द्र सलभ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्कालगायतले फिल्मको सफलताको कामना गरेका थिए। मुहुर्तमा निर्देशक समाजका अध्यक्ष डिसीले क्ल्याप हानेका थिए भने शलभले सटको निर्देशन गरेका थिए। फिल्मका प्रमुख दुई कलाकार आर्यन श्रेष्ठ र एनी कुँवरले संवाद सट दिएका थिए।

सान्ता फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुने चलचित्रमा शान्ति पोखरेल निर्मात्री छिन् भने निर्देशन जनक पाण्डेले गर्नेछन्। आर्यन र एनीबाहेक एलेक्स पाण्डे, रवि चौरेल, सिम्पल खनाल र राजु कमेडीको अभिनय रहने चलचित्रमा चर्चित संगीतकार बिजु बज्रको छोरा कोबिद बज्रको संगीत, कविराज गहतराजको नृत्य र रामशरण उप्रेतीको छायांकन प्रज्वलित पराजुलीको सम्पादन रहने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.