विराजको ‘१२ गाउँ’मा न्यान्सी खड्का बनिन् हिरोइन, को हुन उनी?


‘मिस नेपाल इन्टरनेशनल-२०२२’ न्यान्सी खड्का विराज भट्टको ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्।

अभिनेता विराजले यसको पुष्टि गरेका छन्।

‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं’, विराजले भने ।

विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।

उनले जापानमा भएको ‘मिस इन्टरनेश्नल’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन। यसका अलावा न्यानसीले मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय छिन्।

बिग बजेटमा तयार हुने भनिएको सिनेमा सिनेमा चैत १५ बाट छायाँकनमा जानेछ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको सिनेमामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् ।

सिनेमामा विराजका छोरा समीर भट्टले डेब्यू गर्ने बताइएको छ ।

विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुने ‘१२ गाउँलाई विराजले यो सिनेमालाई आफ्नो करियरको महत्वाकांक्षी सिनेमा मानेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.