चलचित्र पत्रकार दिवस चलचित्र पत्रकार लाई सम्मान तथा पुरस्कार


(सेलिब्रेटी नेपाल) ७ जेठ-आज जेठ ७ गते चलचित्र पत्रकार स्थापना भएको दिन चलचित्र पत्रकार संघले चलचित्र पत्रकार दिवसको रुपमा मनाउदै आइ रहेको छ यसै सन्दर्भमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि पत्रकार दिवस मनाइयो चलचित्र पत्रकार दिवसको उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा नेपाल समाचार पत्र र ‘कामना’ मासिकका रंग पत्रकार विदुर गिरी सम्मानित भएका छन्। त्यस्तै चलचित्र पत्रकारिता पुरस्कार कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई र स्टार एफ एमका राज श्रेष्ठलाई प्रदान गरिएको छ।
Bidur-giri-raj-krishna
सम्मानित रंगपत्रकारहरुलाई दोसल्ला ओडाएर ट्रफी, सम्मान पत्र, नेपाली टोपी र गिफ्ट ह्याम्परहरुबाट सम्मान गरिएको हो । पुरस्कृत भट्टराई र श्रेष्ठलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ पनि प्रदान गरिएको छ। चलचित्र पत्रकारिता पुरस्कार र सम्मानबाट सम्मानित पत्रकारहरुलाई भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी लगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए।

भर्खरै सम्पन्न नेपाल चलचित्र पत्रकार महासंघ निर्वाचनबाट सचिव पदमा विजयी ध्रुव लम्साललाई पनि चलचित्र पत्रकार संघले सम्मान गर्यो। चलचित्र संघको १५ औं वार्षिक उत्सवको अवसरमा वर्तमान अध्यक्ष शान्ति प्रिय, संस्थापक अध्यक्ष भरत शाक्य र निवर्तमान अध्यक्ष विदुर गिरीले संयुक्त रुपमा केक समेत काटे। त्यस्तै पत्रकार संघको नयाँ वेभसाईट र क्यालेन्डर पनि सार्वजनिक गरिएको छ। संघको नयाँ बेभसाईटमा संघको गतिविधि र चलचित्र पत्रकारहरुको सबै जानकारी राखिने बताईएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.