सन्तोष खनालको निर्देशनमा ‘यो मुटुमा तिमी भए’ (भिडियो)



काठमाडौं। सन्तोष खनालको निर्देशनमा तयार भएको ‘यो मुटुमा तिमी भए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा सन्तोष बाँनिया ,मनिला राना र क्यारोली श्रेष्ठ फिचर्ड छन् । अखिल बास्तोलाले भिडियो छायांकन गरेको हुन भने ओम प्रकाश अवस्थिले सम्पादन गरेका हुन् ।

कालीप्रसाद रिजालको शब्दमा राजु सिंहको संगीत,फणिन्द्र राइको सङ्गीत संयोजन रहेको गीत कमला श्रेष्ठले गाएकी हुन् । म्युजिक भिडियो ओेएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । १२ बर्षको उमेरमा हाइ भोल्टेज करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएकी कमलाले यस अघि खनालकै निर्देशनमा ‘मोहनी लाएको’ गीत सार्वजनिक गरेकी थिइन् । गीत अनुसार निर्देशक खनालले भिडियो उत्कृस्ट बनाएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.