निखिल र दिलीपको जोडी नम्बर १(भिडियो सहित)


(सेलिब्रेटी नेपाल) ६ जेठ-नेपाली चलचित्रहरु धमाधम रिलिज हुँदै पाखा लाग्दै गरिरहेको सिजनमा हरेक हप्ता ३ या ४ चलचित्र रिलिजमा आइ रहेका छन्। यसै क्रममा स्टारहरुको भिड रहेको चलचित्र जोडी नम्बर १ को प्रदर्शन यहि जेठ १६ बाट नेपाल bhar प्रदर्शनमा आउने भएको छ। बिष्णु फिल्म्सको ब्यानरमा बिष्णु सुब्बा र किरण कार्कीले निर्माण गरेको चलचित्र जोडी नम्बर १ हास्य प्रधान चलचित्र रहेको छ। अहिलेका ब्यस्त तथा हिट निर्देशक सुरज सुब्बा (नाल्बो) को लेखनमा उदय सुब्बाले निर्देशन गरेको चलचित्रमा निखिल उप्रेती, दिलिप रायमाझी, झरना थापा, अरुणीमा लम्साल,सुनील थापा,किरण केसी, विल्सन विक्रम राई(तक्मे) असोक शर्मा, निर शाह, राम चन्द्र अधिकारी लगायत कलाकारले अभिनय गरेका छन् ।
Jodi-no-1-poster
सँगीत महेश खड्का, द्धन्द जनक गुरुगंको रहेको कमेडी लभ र एक्सनको समिश्रण रहेको चलचित्र जोडी नम्बर १ हेर्ने दर्शक ले पूर्ण मनोरंजन पाउने निर्माता बिष्णु दावी गर्छन। ‘हाम्रो चलचित्रमा नयाँ बिशेष कुरा केहि छैन परिवार संगै बसेर हेर्न मिल्ने नेपाली चलचित्र बनाएका छौँ। हाम्रो चलचित्र बाट २ घण्टा पूर्ण मनोरंजन प्राप्त गर्न सक्छन।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.