पैसाको वरपर घुमेको ‘महाजात्रा’ टिजर सार्वजनिक, जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास

सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै


काठमाडौं। चलचित्र ‘महाजात्रा’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक १ मिनेट १० सेकेण्ड लामो टिजर पैसाको वरिपरि घुमेको छ । चलचित्रको सार्वजनिक टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो श्रृंखलाको कथावस्तुबारे अवगत गराउँछ । अभिनेता राजाराम पौडेलको पात्रले एक गाडी पैसा लुकाउन र त्यसबापत तीन मुख्य पात्रलाई ३०-३० लाख रुपैयाँ दिने वचन दिन्छन् । उनको आग्रह अनुसार नै पैसा लुकाउँदा उत्पन्न परिस्थितिसँग गर्ने संघर्ष टिजरमा देख्न सकिन्छ ।

चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको अभिनय छ ।

चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक भट्टराईले यो सिक्वलको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको चलचित्रको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा आशिष अविरलको संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेको छ। चलचित्र चैत्र ९ गते बाट सार्वजनिक प्रदर्शनमा आउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.