
छोटो नेपाली सिनेमा ‘अ डिस्ट्र्याक्सन’ वल्ड इम्प्याक्ट फिल्म फेस्टिवलको क्वाटरफाइनलमा पुगेको छ।
९ मिनेट ४५ सेकेन्ड लामो यो सिनेमालाई प्रमोद त्रिमूलले निर्देशन गरेका हुन् भने ओम राज राउतले लेखेका हुन्।
सिनेमाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकोमा लेखक राउतले उत्साह व्यक्त गरेका छन्।
‘वल्ड इम्प्याक्ट फिल्म फेस्टिवलमा परिचित हुनु साँच्चै नै सम्मानिय कुरा हो। हामीलाई आशा छ ‘अ डिस्ट्र्याक्सन’ सिनेमाले दर्शकहरुको प्रविधिसँग सम्बन्ध र त्यसले व्यक्तिगत स्थितिमा पार्ने प्रभावहरुलाई प्रतिबिम्बित गर्नेछ’, राउतले भने।
सिनेमालाई सन् २०२२ को कान फिल्म फेस्टिवलमा छनौट भएको ‘ला खाउरिया’ र कान क्रिटिक्स विकमा ४ वटा पुरस्कार जितेका जुहान कामिलो मोरेनोले खिचेका छन् । यस्तै बबी लाहोत यसका साउन्ड डिजाइनर हुन्।
स्टुडेन्ट वल्ड इम्प्याक्ट फिल्म फेस्टिवलले सकारात्मक परिवर्तन ल्याउनले आपसी महत्वपुर्ण संवादको पक्षपोषण गर्ने सिनेमाहरुलाई स्थान दिनेगर्छ।



 
 
 

 
							 
							 
							 
							 
							 
							