‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक, मिरुना र विपिनको लोभलाग्दो रोमान्स


अभिनेता विपिन कार्की तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन दिवसको अवसर पारेर  सिनेमाको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

सिनेमालाई नविन चौहानले निर्देशन गर्दैछन्

गत असारमा यस गीतको टिजरसहित सिनेमा निर्माणको घोषणा गरिएको थियो । यो गीतमा सुजन चापागाईंको स्वर तथा संगीत रहेको छ भने हर्क साउदको शव्द रहेको छ।

सिनेमामा विपिन र मिरुनाका अलावा माओत्से गुरुङ, एलेक्स पारस, परिक्षा लिम्बु, अनिल सुब्बा, सुजर तमु, मिलन खत्री, अरूण पुन मगर, भावना खापाङ, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ तथा नरेश लावतीको अभिनय रहेको छ ।

मंसिरबाट फ्लोरमा जाने बताइएको यो सिनेमाको वैशाखबाट सुटिङ हुने जनाइएको छ । पाँचथरमा छाँयाकन हुने सिनेमामा पटकथा निर्देशक चौहानले लेखेका हुन् भने सिनेमालाई आर्टमाण्डुले निर्माण गर्नेछ ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.