‘अगस्त्य’को ट्रेलर सार्वजनिक, बन्नसक्छ दर्शकको रोजाइ


सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य : च्याप्टर-१’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार आयोजित एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले  सिनेमा बदलाको कथामा आधारित रहेको देखाएको छ ।

ट्रेलरमा  सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्काले स्थान पाएका छन् । नेपाल र भारतमा छायाँकन गरिएको सिनेमाले टिजर सार्वजनिक भएयता चर्चा बटुलिरहेको छ। धेरैले सौगातको गेटअपलाई मनपराएका छन्।

सिनेमा फागुन १८ गते रिलिज हुँदैछ।

प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल फिल्मका निर्माता हुन् ।

यस्तै सिनेमाको पटकथा निर्देशक चौधरीले नै लेखेका हुन् । उनले यसअघि ‘लभ डायरिज’ सिनेमाबाट निर्देशनमा डेब्यू गरेका थिए।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको सिनेमाको विदेश वितरण सेभेन सिजले गर्नेछ ।