भ्रष्टाचारविरोधी अभियानका नेता अन्ना हजारे सिनेमामा


भ्रष्टाचारविरोधी अभियानका प्रमुख नेता अन्ना हजारे धेरैको नजरमा बस्न सफल व्यक्ति भारतको राजनीतिक अखडामा यत्रो महत्वपूर्ण चुनावभर शान्त बसेका अन्नाले सिनेमामा अभिनय गरेर सबै लाई चकित बनाएका छन्। अन्ना हजारे अब रंगीन पर्दामा देखिने भएका छन्। उनले ‘आन्दोलन’ नामको मराठी सिनेमामा महत्वपूर्ण भूमिका निभाएका छन्। फिल्मको हाल सुटिंग सकेर सम्पादनको कार्य भई रहेको छ।
Anna-hajare-in-cinema
निर्देशक प्रशान्त मधुकर रानेका अनुसार यो सिनेमा महात्मा गान्धी र सुवासचन्द्र बोसजस्ता भारतका ऐतिहासिक व्यक्तित्वहरुबाट प्रभावित भएका चार केटाकेटीमा आधारित हुनेछ। ति केटाकेटीले सानोतिनो क्रान्ति नै थालेको घटना यसमा देखाइनेछ।

‘सिनेमाको मुख्य उद्देश्य नै प्रत्येक व्यक्ति भित्र अन्ना हजारे लुकेको छ भनेर देखाउनु हुनेछ,’ निर्देशक राने भन्छन्, ‘चार केटाकेटी भित्र नागरिक शक्तिको अनुभूति भइसकेपछि कसरी उनीहरुले सिंगो गाउँमै परिवर्तन ल्याइदिनेछन् भन्ने कथा छ। सुटिङको काम सम्पन्न भइसकेको यो सिनेमा छिट्टै नै हलका पर्दाहरुमा आउने तयारीमा छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.