दीपेन्द्र-खगेन्द्रको ‘मेयर’को शुभसाइत, कस्तो बन्ला वायोपिक?


सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा आधारित वायोपिक फिल्म ‘मेयर’को बुधबार शुभ-साइत गरिएको छ।

दीपेन्द्र के खनालको निर्देशन रहने सिनेमाको दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा शुभ-साइत गरिएको हो।

शुभसाइतमा निर्मात्री शर्मिला पाण्डेले क्ल्याप हानेकी थिइन् भने सिनेमाका शीर्ष अभिनेता खगेन्द्र लामिछानेले नरिवल फुटाएका थिए ।

सिनेमामा खगेन्द्रको जोडी वर्षा राउत बनेकी छन्।

उनीहरुका अलावा अर्पण थापा, अनुप बराल, दिव्यदेब, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लहायका कलाकारको अभिनय हुनेछ।
सिनेमाबाट ले निर्माताका रुपमा र अर्विशाले कलाकारका रुपमा डेब्यू गर्दैछिन्। अर्विशा मेयर भरत थापाकी छोरी हुन् ।

सिनेमामा निर्देशक खनालकी सुपुत्री श्रृष्टिमाँ खनाल तथा शर्मिला पाण्डेसमेतको निर्माण रहनेछ ।

‘मेयर’मा जे वाइवा र कल्याण सिंहले संगीत दिनेछन्।

सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् भने कृष्ण थापा छायाँकार हुन्।

फागुन १२ गतेबाट सिनेमाको सुटिङ सुरु हुनेछ।

निर्माण पक्षले ‘मेयर’मा केही राम्रो काम गररै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठिन परिस्थिति, घातप्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी म्रो बाटोमा डोर्‍याउन सक्छ भन्ने विषयमा केन्द्रित हुने जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.