दयाहाङ र सौगातको चलचित्र ‘हात्तीछाप’ को सुखद कमाई


काठमाडौँ। हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘हात्तीछाप’ले आज शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । चलचित्र आज देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने बताए। शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा फिल्म हेर्न पुगेका दर्शकले चलचित्र ‘गज्जब’ रहेको बताएका छन् । चलचित्रले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै उनीहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए । हल पुगेकी नायिका उपासना सिंह ठकुरीले निकै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र फिल्मलाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’ कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले, पनि फिल्मले पूर्ण रुपमा मनोरञ्जन दिने भन्दै सबैलाई हेर्न आग्रह गरे ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, रेयर राई,सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.