‘अगस्त्य’ को प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक



काठमाडौँ। फागुन १८ गते रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’ को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत संयोजन रहेका छन् । गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झा लगायतका फिचर्ड छन् ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा,शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतको अभिनय छ ।

चलचित्रको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बन्नुका साथै केही दिन अघि सार्वजनिक भएको टिजरले तारिफ पाइरहेको छ । टिजरबाट मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ ।

टिजरमा समावेश ‘मानव सभ्यताको शुरूवात जङ्गलबाट भयो, जङ्गल जङ्गल मासेर गाउँ बन्यो, गाउँबाट शहर सबै कुरा बदलियो यहाँ, तर मान्छे भित्रको जनवार’ भन्ने संवादलाई दर्शकले मन पराएका छन् । चलचित्रको सार्वजनिक हुन बाँकी रहेको ट्रेलरमा थप माया र साथ पाउनेमा टिम आशावादी देखिएको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् । चलचित्रमा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ । यो चलचित्र फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.