भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको ३२ बर्षको उमेरमा निधन



काठमाडौं। भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ । पाठेघरको मुखको क्यान्सरका कारण पाण्डेको शुक्रबार बिहान निधन भएको समाचार भारतीय संचारमाध्यमहरुले जनाएका छन ।

उत्तर प्रदेशस्थित कानपुरको घरमा ३२ वर्षिया पाण्डेको निधन उनको भएको हो। उनको आधिकारिक इन्स्टाग्राम हेन्डलमा उनको निधन भएको उल्लेख गरिएको छ । अचानक उनको मृत्यु खबर सार्वजनिक भएपछि सामाजिक संजालमा संशय व्यक्त गरिएकोमा उनको प्रचार समूहले उनको मृत्युको पुष्टि गरेको छ ।