‘ह्रस्व दीर्घ’असोज ११ बाट प्रदर्शनमा आउने



काठमाडौँ। चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दशैंको अवसर पारेर असोज ११ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले साउथ फिल्मका व्यस्त कलाकार ब्रह्मानन्दमको जन्म दिन पारेर प्रदर्शन मिति सार्वजनिक गरेको हो।

निता फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा निता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, रबिन्द्र झा,वसिम राजा, साउथ फिल्मका कलाकारहरू ब्रह्मानन्दम, अली, ‘पुष्पा’ का भिलेन सुनिल वर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहेको छ । नेपाल र भारतमा छायाँकन गरेको चलचित्र बिग बजेटमा निर्माण गरिएको निर्माण टिमले बताएको छ। चलचित्रमा करण सिंह प्रोडक्सन डिजाइनर रहेका छन्।

दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्म छायाङ्कन गरेका कवीरलाल ‘ह्रस्व दीर्घ’ को छायाँकार हुन् । प्रेमकथामा बनेको चलचित्र नेपाल तथा भारतका फिल्म हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजनामा निर्माण युनिटको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.